भौगोलीक अवस्था
यो विद्यालयमा कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा न.१ स्थित ढक्का गणेशवस्ती भन्ने गाँउमा रहेको जनजाती राना थारु को बाक्लो वस्तिको विचमा अवस्थित छ । यस विद्यालको दक्षिण तर्फ बेलौरी धनगढी हुलाकी सडक, श्री कञ्चन न्यु ब्लुम फिल्ड एकेडेमी र श्री नव युग विद्या निकेतन पर्दछन भने उत्तर तर्फ नकटाबाबा शिव मन्दिर र कालेश्वर आधारभूत विद्यालय भकुण्डा का साथै पुर्व तर्फ श्री रामबुद्ध मा.वि. र श्री जनशक्ती आधारभूत आ.वि. बलभद्रवस्ती र पश्चिम तर्फ बेलौरी नगरपालिका अन्तरगत पर्र्ने श्री सरस्वती माध्यमीक विद्यालय वुटावरी रहेको छ । हाल आएर यस विद्यालमा ३ वटा लेण्टर सहितका पक्की भवन र ३ वटा कर्कट पाता भएका पक्की भवन गरि जम्मा ६ वटा भवन र १५ वटा कोठाहरु छन । जस्मा १ वटा कार्यालय,१वटा कम्प्युटर कोठा र ज्ञ वटा पुुस्तकालय रहेका छन । विद्यालयको हाता भित्र खेल्ने मैदान र उत्तरतिर पर्खाल र २ वटा मुख्य गेट रहेका छन । भौगोलीक दृष्टिकोणले यो विद्यालय दुर्गम छैन ।
विद्यालय रहेको समुदायको बनोट
यो विद्यालय पुनर्वास नगरपालिका वडा न.१ स्थित ढक्का, गणेशबस्ती गाउंमा अवस्थित छ । यो गाउमा जनजाती राना थारु र चौधरी को बाक्लो बस्ती छ । यहां विशेष गरी राना थारु बस्छन भने थारै मात्रामा अन्य जातका मानीसहरु बरोबास गर्दछन । यहंँको घरधुरी १५९० र जनसंख्या महिला ४४९३, पुरुष ४८१७ गरि जम्मा ९३१० रहेको छ । जस्मा वालवालीका देखि वृद्ध सम्म रहेका छन । यस वस्तिमा वसोवास गर्ने मानीसहरु अधिकांश गरिव,अशिक्षित र सामान्य स्तरका रहेका छन । होली,माघी,चराई,तिहार आदि यहां बस्ने राना थारु र चौधरी थारु का मुख्य चाडपर्वहरु हुन । यी जातीका मानीसहरु विभिन्न किसिमका रंग भएका वस्त्रहरु लगाउछन भने पहिलेको तुलनामा आज भोली यस समुदाएका मानीसहरुमा परिवर्तन आएको देखिन्छ । आर्थीक स्थिति बलियो बनाउन यस समुदायका मानीसहरु आजभोली वैदेशिक रोजगारमा समेत गएको देखिन्छन ।
Geographical Location
The school is situated in the heart of a densely populated indigenous Rana Tharu community in Dhakka Ganeshbasti, Punarbas Municipality Ward No. 1, Kanchanpur district. Geographically, it is bounded on the south by the Belauri-Dhangadhi Hulaki road, Shree Kanchan New Bloom Field Academy, and Shree Nawa Yuga Vidya Niketan; on the north by the Naktababa Shiva Temple and Kaleshwar Basic School of Bhukunda; on the east by Shree Rambuddha Secondary School and Shree Janshakti Basic Primary School of Balbhadravasti; and on the west by Shree Saraswoti Secondary School of Butavari (under Belauri Municipality).
Currently, the school has a total of 6 buildings containing 15 rooms, which include 3 concrete buildings with RCC roofs and 3 buildings with corrugated tin roofs. These consist of 1 office room, 1 computer lab, and 1 library. Inside the school premises, there is a playground, with a boundary wall and two main gates situated on the northern side. From a geographical perspective, this school is not in a remote location.
Community Demographics
The school is located in the village of Dhakka Ganeshbasti, Punarbas Municipality Ward No. 1, which features a dense settlement of indigenous Rana Tharus and Chaudhary communities. The population consists predominantly of Rana Tharus, alongside a small number of residents from other castes. The area has 1,590 households with a total population of 9,310 (4,493 females and 4,817 males), encompassing all age groups from children to the elderly. Most of the residents living in this settlement are poor, uneducated, and belong to a general economic standard.
The primary festivals celebrated by the Rana Tharu and Chaudhary communities here include Holi, Maghi, Charai, and Tihar. People of these communities traditionally wear vibrant, multi-colored garments, though visible changes in lifestyle and culture have emerged in recent times. To strengthen their economic conditions, many individuals from this community now also seek foreign employment opportunities abroad.
